• Wed. Oct 20th, 2021

अक्सिजन सिलिण्डरको खोजीमा प्रहरी थप सक्रिय

ByJanga Tamang

May 18, 2021

काठमाडौं। कोभिड–१९ को सङ्क्रमण तीब्र भएपछि मुलुकमा देखिएको अक्सिजनको हाहाकारलाई कम गर्न नेपाल प्रहरीले अनावश्यक ठाउँमा प्रयोग भएका र लुकाइछिपाइ राखिएका सिलिण्डरको खोजी कार्यलाई थप तीब्रता दिएको छ ।

प्रहरीले पछिल्लो दुई हप्तामा मात्रै नौं हजार बढी सिलिण्डर खोजी गरी स्थानीय प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा अत्यावश्यक क्षेत्रमा वितरण गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले वैशाख २६ गतेदेखि आजसम्म नौ हजार १४० सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको जानकारी दिए।

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा मात्रै २३१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ।

तीमध्ये १६८ वटा भरिएका र ६३ खाली सिलिन्डर रहेका छन् । मंगलबार संकलित र यसअघिको स्टक रहेका १४१ गरी जम्मा ३७२ मध्ये मंगलबार ३४१ सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ।

बाँकी ३१ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *