• Fri. Jul 30th, 2021

सुकीको पार्टी खारेज गर्ने म्यान्मारको निर्वाचन आयोगको तयारी

ByJanga Tamang

May 22, 2021

काठमाडौं। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो ।

गत वर्ष भएको निर्वाचनमा जालसाँझी गरेको आरोप लगाउँदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ ।

सेनाद्धारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरूसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको जानकारी दिए।

“सो पार्टीले अरु पनि अवैधानिक कामहरू गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,” उनले बैठकमा भने। गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो । त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *