• Fri. Jul 30th, 2021

ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा छ : संविधानविद् आचार्य

ByJanga Tamang

May 24, 2021

काठमाडौं। संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउने खतरा रहेको बताएका छन्।

ओलीमा सत्ताको लागि जस्तोकसुकै सम्झौता गर्ने खतरा देखिएको बताए। सामाजिक सञ्जाल फेसबुकमा उनले एउटा नेता भन्दा देश ठूलो भएको बताएका छन्। त्यही भएर होसियार हुन जरुरी रहेको बताए।

‘यो तत्व पचासौं वर्षको ड्युज यो सरकारमार्फत प्राप्ति गर्ने योजनामा छ, त्यसलाई सफल हुन नदिउँ।’ उनको भनाइ छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेपछि संविधानविद् आचार्यले विरोध गर्दै आएका छन्।

राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेर जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशपछि जन्मसिद्ध नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउने छन् र बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट पनि वंशजको आधारमा नागरिकता दिइने छ। विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्न नपर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *