• Mon. Sep 27th, 2021

संखुवासभामा ६ जनाको हत्या आरोपमा लोकबहादुर कार्की पक्राउ

Bysonu limbu

Sep 11, 2021

संखुवासभाको मादी नगरपालीकामा एकै परिवारका ६ जनाको हत्या आरोपमा एक जना युवक पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले २६ वर्षीय लोक बहादुर कार्कीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवक मृतक तेजबहादुर कार्कीको नाताले भान्जा पर्छन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले भने हत्या आरोपीको पहिचान खुलाएको छैन । तर पक्राउ पर्ने लोकबहादुर मानसिक अवस्था कमजोर रहेका व्यक्ति भएको प्रहरीले बताएका छ।
प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।
संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ ।
हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।
उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *