• Thu. Jan 20th, 2022

दिल्लीमा भाडा माज्ने जुरिको काठमाडौंमा एकछ्त्र राज, जसले नेपालका चर्चित कलाकारका कपाल काटेर लाखौ कमाउछन्

Byanup limbu

Nov 3, 2021

काठमाडौँ। नेपालका चर्चित कलाकारहरूले कपाल कहाँ कटाउँछन् र काट्ने को हुन् ? यसबारे धेरैलाई थाहा नहुन सक्छ । कपाल काट्ने हुन्, – ‘जुरी’ । पूरा नाम जुरी ठाकुर हो । कलाकारहरूले मायाले बोलाउँने नाम चाहिँ ‘जुरी’ । उनै जुरी, जसले कयौं चर्चित कलाकारहरूको कपालमा कैंची चलाइसके । अझै चलाउँदै छन् ।

सैलुन भने नयाँ बानेश्वरको मीन भवनस्थित ठूलो खरिबोटमा छ । नाम हो, ‘जुरी युुनिसेक्स पार्लर’ । शाखा ३÷४ ठाउँमा छ । उनकामा चर्चितमध्येका कलाकारहरू पल शाह, दुर्गेश थापा, प्रदीप खड्का, रमित ढुंगाना, पुष्प खड्का, जय किसन बस्नेत, दिलिप रायमाझी, आकाश श्रेष्ठ, राजेन्द्र खड्गी, सुनिल थापा, हरिवंश आचार्य, केदार घिमिरे ‘माग्ने बुढा’, सन्दीप क्षेत्रीदेखि शिशिर भण्डारीसम्मले कपाल कटाइसकेका छन् ।


मिहेनत गरेर राम्रो काटी दिने हुनाले कलाकारहरू उनकामा पुग्ने गरेका हुन् । हाल जुरी सेलिब्रेटी बनेका छन् । ‘धेरै दुख कस्ट भोगेर यो सफलता हात पारियो, मलाई यहाँसम्म पुर्याउन कलाकार, शुभ चिन्तक र आफन्तजनको सहयोग गरेको छ’ जुरीले भने । उनी राम्रा हेयर डिजाइनरसमेत हुन् र उनको एउटा भिन्न विशेषता पनि छ । त्यो हो, – कपाल काटेको यतिउति पैसा भन्दैनन् । जति दिन्छन्, त्यति थाप्छन् ।


यसरी उनै जुरी कपाल कटाइमा निकै चर्चित भइसकेका छन् । उनको छवि सेलिब्रेटीको छ । ‘आजभन्दा २० वर्षअघि म सँग काम थिएन । धेरै दुःख पाएँ सबैसँग कामको लागि हात जोडें । कसैले पत्याएनन् । हार मानिनँ । किनकी मसँग सीप थियो । त्यही भएर पार्लर खोलेर काम गर्न थालें’, जुरीले भने, ‘काम गर्दै जाँदा चौतर्फी चर्चा भयो । मेरो हातबाट कपाल नकाटेका कलाकार होला जस्तो लाग्दैन ।’उनले कपाल काट्न थालेको २० वर्ष पुगेको छ । नेता र पत्रकारहरू पनि उनकामा कपाल कटाउन आउने गरेका छन् ।

त्यो दुःख र सुख

२० वर्ष अघिको कुरा हो । जुरी रोजगारीका लागि भारत पनि पुगे । त्यहाँ भाँडा माझेर पेट भरेको उनलाई सम्झना छ । त्यहाँदेखि स्वदेश फर्केका जुरीले सुरुमा २५ रूपैयाँ व्यवसायमा लगानी गरे । त्यतिबेला उनीसँग भएकै त्यति हो । यसरी २५ रूपैयाँबाट व्यवसाय थालेका जुरी लाखपती भएका छन् । ३/४ ठाउँ शाखासमेत खोलेर २५ युवाले रोजगारी दिएका छन् ।
उनको घर भने महोत्तरीको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *