• Thu. Jan 20th, 2022

क्षेत्र नम्बर,२ (ख)को प्रदेशसभा प्रतिनिधिमा अशोक कुमार तामाङ्गले दिए उम्मेद्धारी

ByPASANGTAMANG

Dec 1, 2021

धादिङ । क्षेत्र नम्बर २ (ख) को प्रदेशसभा प्रतिनिधिमा अशोक कुमार तामाङ्गले उम्मेद्धारी दिएका छन् । उम्मेद्धार तामाङ खनियाबास गाउँपालिका–४, धादिङका जल्दाबल्दा युवा हुन् ।

देश विकासको लागि युवाहरु जुट्नुपर्ने अवस्था आइसकेको कारण आफु राजनितिमा लागेको उनको भनाई छ । आजका युवाहरु प्राय पलायन हुने उमेर ढल्कीसकेकाहरले राज्य सञ्चालन गर्दा अर्थात आजका युवाहरु राज्य सञ्चालनको निकायमा नहुँदा आज देशको बिकास नै परम्पराबादी रुपमा हुन गएको उनले बताए । उनले भने “अब देशमा युवशक्तिको आवश्यक छ, अहिले कांग्रेसको प्रतिनिधमा देशभरमा धेरै युवाहरु चयन हुनुभएको छ, यो प्रशंसनिय छ । आजको आवस्यकता भनेको राजनीतिमा युवाको सक्रियता नै हो भनेर मैले उम्मेद्धारी दिएको हुँ ।”

“पार्टी भनेको जुनसुकै भएपनि समूह हो, कुनै पनि काम समूहबीन असम्भव छ तर युवाको सहभागिता अनिवार्य हुनुपर्छ त्यसैले मैले कांग्रेस समूह छनोट गरेको छु, अब पार्टीको विद्यान, नीति नियममा रहि राष्ट्रको लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने अपेक्षाको साथ उम्मेद्धारी दिएको हुँ ।” उनले भने ।

अब राष्ट्र निर्माणको लागि युवाहरुको खाँचो रहेको र सबै युवाहरु लाग्नुपर्ने उनले बताए । उनले आफुले सधै पार्टीको विद्यानमा रहि उम्मेद्धारी जितेपनि नजितेपनि समाजको लागि काम गरिरहने बताए । यदि मतदाताले आफ्नो महुमुल्य मत दिएर जिताएमा त्यो जित आफ्नो नभई उहाँहरुकै हुने बताए । उनले भने “मलाई उहाँहरुले आफ्नो बहुमूल्य मत दिएर जिताएमा उहाँहरुको अपेक्षा अनुसार नै काम गरेर जिम्मेवारी निभाएर देखाउने छु, यो जित मेरो मात्रै नभएर सम्पूर्ण मतदाता तथा कांग्रेसको नै हुने छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *